बागमती प्रदेशमा पुस २५ सम्ममा सरकार गठन गर्न आह्वान



काठमाडौं – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आह्वान गरिएको हो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १२ : ४९ बजे