राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा



काठमाडौं– राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि पद रिक्त थियो । उक्त ठाउँमा निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १ : ०५ बजे