१५ औं प्रयासमा रिपब्लिकनका म्याकक्याथी अमेरिकी सभामुख निर्वाचित



काठमाडौं– अमेरिकाले १५ औं पटकको निर्वाचनबाट सभामुख पाएको छ । तल्लो सदन (हाउस अफ रेफ्रिजेन्टेटिभ्स) को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी निर्वाचित भएका हुन् । उनी १४ पटकसम्म सभामुख निर्वाचित हुन सकेनन् ।

क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिनका लागि २१८ मत आवश्यक थियो । तर उनकै पार्टी रिपब्लिकनसँग २२२ सिट भएपनि केही चरम दक्षिणपन्थी सांसद उनको विपक्षमा थिए । अन्तिम समयमा ६ सांसद अडानबाट पछि हटेपछि म्याकक्याथी १५ औं पटकको प्रयासमा सभामुख बन्न सफल भएका हुन् ।

यो निर्वाचनसँगै अमेरिकी इतिहासमा १५० वर्षभन्दा बढी समययताको लामो गतिरोध पनि अन्त्य भएको छ । राष्ट्रपति जो बाइडनले सभामुख म्याकक्याथीलाई बधाई दिएका छन् । बाइडेनले आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ४६ बजे