प्रचण्डसँग बाबुरामको एकता, पार्टीको नाम – नेकपा समाजवादी



काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । शनिवार दुई नेताबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

माओवादीले वामपन्थी पार्टीहरुसँग एकता गर्न उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ भने नेसपाले आज वार्ता टोली बनाउँदैछ । बाबुराम नेतृत्वको नेसपा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट उम्मेद्वार बनेको थियो ।

भट्टराईले कम्युनिष्ट पार्टीको सट्टामा नेपाल समाजवादी पार्टी नाम राख्ने बताएका थिएभने प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी कायम राखेर समाजवादी थपेर जाँदा उपयुक्त हुने धारणा राखेका थिए । अन्तत दुवै नेता पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी समाजवादी राख्न सहमत भएका छन् । ‘माओवादी केन्द्र र नेसपाबीच पार्टी एकताको कोर्स अगाडि बढेको छ,’ नेसपाका नेता गंगानारायण श्रेष्ठले भने ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : ०७ बजे