यो सरकार कसैले ढाल्न सक्दैन : एमाले अध्यक्ष ओली



काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ प्रधानमन्त्री दाहाललाई आज सिंहदरबारमा बुझाउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेपछि सरकारले पूर्णता पाउने बताउनुभयो । “भोलि नै प्रधानमन्त्रीज्यूले विश्वासको मत प्राप्त गर्नु हुनेछ”, उहाँले भन्नुभयो, “विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि गर्दछाँै ।”

विश्वासको मत प्रधानमन्त्रीले लिइसकेपछि सरकारका कार्यक्रमले गति लिने उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले जनताका आशा भरोसालाई राखेर अहिलेको सरकार बनेको बताउनुभयो । अहिलेको सरकार कसैले ढाल्न नसक्ने उहाँको भनाइ थियो । “यो सरकार स्थायित्वका लागि हो । सरकार बनाउने र गिराउने खेलका लागि होइन । सरकार प्रभावकारीरूपमा चल्छ,” उहाँले भन्नुभयो, “यो सरकार स्थिर र स्थायी सरकार हो । यो गतिशील स्थायी सरकार हो । त्यस ढङ्गले सरकार चल्नेछ ।” एमाले सरकार घटकको ठूलो दलको हैसियतले आफ्नो पार्टीको सरकारलाई साथ सहयोग रहनेसमेत अध्यक्ष ओलीले बताउनुभयो । उहाँले कतिपय मतभेद भए पनि राजनीतिक दलबीच आधारभूत रूपमा सँगै जान सक्ने वातावरण रहेकाले त्यसलाई अगाडि बढाउनुपर्ने भनाइ राख्नुभयो । छिमेकी देशसँग समस्यारहित सम्बन्ध, वैदेशिक सम्बन्ध र परराष्ट्र सम्बन्ध सञ्चालन जिम्मेवारीका गर्ने उहाँको भनाइ थियो । “हामी सधँै सबैसँग मित्रता कायम राख्छौँ, कसैसँग शत्रुता राख्दैनौँ । कसैको अहितमा सोच्ने हाम्रो बानी छैन”, उहाँले भन्नुभयो, “सबैसँग मित्रताका लागि काम गर्दछाँै । सम्बन्ध सृदृढ र उच्चस्तरमा पु¥याउँछौँ ।”

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ५१ बजे