सभामुखको निर्वाचन माघ ५ मा



काठमाडौं– सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको ५ गते बस्ने बैठकमा सभामुख चयन हुने तय भएको हो ।

संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसदको अर्को बैठक आगामी माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने बताए । त्यही बैठकमा सभामुखको निर्वाचन हुनेछ । उनले संसद सचिवालयका महासचिव भरतराज गौतमलाई माघ ३ गते सभामुखको निर्वाचनको मिति तोक्न पनि निर्देशन दिएका थिए ।

सत्ता गठबन्धनको सहमति अनुसार, एमालेले सभामुख पाउनेछ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : १२ बजे