यतिका सबै उडान आज दिनभर बन्द



काठमाडौं – यती एयरलाइन्सले आजका सबै उडान रद्द गरेको छ ।
आइतवार पोखरामा ९–एन–एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ । दुर्घटनामा सवार ७२ कै मृत्यु भएको छ ।
एयरलाइन्सले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको थियो । कम्पनीको नाइन एन एएनसी एटीआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो ।
आन्तरिक तर्फ यो अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना हो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ५१ बजे