आत्मदाहको प्रयास गरेका आचार्यको आज विहान निधन



काठमाडौं– संसद् भवनअघि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा रहेका उनको आज विहान ५ बजे निधन भएको अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्र्मीले जानकारी दिएका छन् ।
मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि ३६ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाह अघि फेसबुकमा त्यसका कारणसहितको नोट लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि र कुनै उपाय नदेखेपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त नोटमा लेखेका छन् ।
आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको थियो । उनको ८० प्रतिशत शरीर जलेको थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ०३ बजे