युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्षबीच भेटवार्ता



युक्रेनका राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई सङ्घले उपलव्ध गराउने सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।

युक्रेनी राष्ट्रपतिले आफ्नो देशलाई निरन्तर सहयोग गरेकामा सङ्घको सराहना गर्नुभयो । उहाँले सङ्घका अध्यक्ष युक्रेनको वस्तुस्थिति बुझ्न किएभ आउनु आफ्नो मुलुकका लागि महत्वपूर्ण भएको उहाँको प्रेस सेवाले जनाएको छ । सङ्घका अध्यक्षले सङ्घको सदस्यका लागि सन् २०२२ मा नै छानिएको विषयमा पनि जानकारी दिनुभएको थियो ।

रुसी आक्रमणबाट तहसनहस भएको युक्रेनलाई विश्व विभिन्न देशले सहयोग गर्दै आएका छन् । सङ्घले पनि लामो समयदेखि किएभलाई आर्थिक एवम् प्राविधिक सहायता प्रदान गर्दै आएको छ । यसअघि गत बुधबार मात्र अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : ३८ बजे