अमेरिकी उच्च अधिकारी पावर आज नेपाल आउँदै



काठमाडौं– अन्तराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर दुइदिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् । यो सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेलको नेपाल भ्रमणपछिको उच्चस्तरीय अमेरिकी भ्रमण हो ।

एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि विदेशबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएलगत्तै पावर नेपाल आउन लागेकी हुन् । भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । त्यसबेला भ्रमण माघ २२ मा हुने भनिएकोमा दुई दिनपछि सरेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनी ७ फेब्रुअरीमा फर्किने कार्यक्रम गरहेको छ । पछिल्ला बर्षमा नेपालमा अमेरिकी अधिकारीका भ्रमण बाक्लिएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १० : ३० बजे