प्रधानमन्त्री पुगे बालकोट, ओलीसँग वार्ता जारी



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भइरहेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, रास्वपा सरकारमा सहभागि नभएपछि उत्पन्न राजनीतिक परिस्थिति र अन्य समसामयिक बिषयमा छलफल भइरहेको बुझिएको छ ।
पूर्वसहमति अनुसार, राष्ट्रपति आफूले पाउनुपर्ने एमालेको अडान छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा गर्न सकेमा उपयुक्त हुने बताएपछि एमाले संशकित छ ।
सहमति अनुसार, प्रधानमन्त्री र सभामुखको निर्वाचन भइसकेपछि अव सहमति अनुसारनै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुनुपर्छ भन्ने एमालेको अडान छ । सहमति अनुसार, एमालेले राष्ट्रपति लिएपछि माओवादीले उपराष्ट्रपति लिन्छ ।
श्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्ड सकेसम्म आफू अनुकूलका राष्ट्रपति बनाउने पक्षमा छन् तर त्यसो नभएमा एमालेबाट सवैसँग सहकार्य गरेर अघि बढ्न सक्ने व्यक्ति प्रस्तावित होस् भन्ने पक्षमा छन् । यही मुद्दामा कतिपयले वर्तमान सत्ता गठबन्धन संकटमा पर्न सक्ने अनुमान गरेपनि अन्तिममा सहमतिमै राजनीतिक कोर्स बढ्ने एमाले नेताहरुले बताउँदै आएका छन् । ब

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १० : ५३ बजे