प्रधानमन्त्री प्रचण्ड भन्छन : राष्ट्रपतिका बिषयमा भोलि ओलीसँग संवाद हुन्छ



काठमाडौ– राष्ट्रपति निर्वाचनका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका नेताहरुसँग छलफलपछि विहीवार उनले पत्रकारहरुसँग भोलि शुक्रवार एमाले अध्यक्षसँग छलफल हुने बताएका हुन् ।

‘छलफल चलिरहेको छ, भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ’ उनले भने । प्रधानमन्त्री प्रचण्डले बुधवार नेपाली कांग्रेससँग छलफल गरेका थिए । उक्त छलफल सकारात्मक भएको नेताहरुले बताएका थिए ।
राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित गर्ने बताउँदै आएका प्रचण्डले पुरानै गठवन्धन ब्युँताउने तयारी गरेको बताइएपनि उनी स्वमले सत्ता गठवन्धनबीच पनि सहमतिको प्रयास भइरहेको बताएका हुन् ।

पुष १० मा प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा राष्ट्रपति एमालेबाट हुने सहमति भएपनि प्रचण्ड त्यो कार्यान्वयन गर्न तयार देखिएका छैनन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : ५७ बजे