एमालेबाट मन्त्री बनेकाहरुले बुझाए प्रधानमन्त्रीलाई राजिनामा



काठमाडौं– नेकपा एमालेबाट नियुक्त मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरुले सोमबार अपरान्ह बालुवाटार गई प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।


मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई थिए ।

राजिनामा बुझाउनुअघि सोमबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । आइतबार साँझ संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा सहभागी हुन जान लागेकी परराष्ट्र मन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्रीले रोकेका थिए । एमालेले त्यस घटना एमालेका मन्त्रीहरुलाई अपमानित गर्ने नियोचित भएको भन्दै सरकारबाट बाहिरिने निर्णय लिएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : ३४ बजे