आज प्रदेश १ को सभाले प्रदेशको नाम प्रस्ताव गर्ने



विराटनगर– प्रदेश १ को प्रदेशसभा बैठकमा आज नामकरणको बिषयले प्रवेश पाउने नेताहरुले बताएका छन् । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा नामको विषयले बैठकमा औपचारिक रुपमा प्रवेश पाएको थिएन ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभामा आजै नामको विषयले प्रवेश पाउने सम्भावना रहेको बताएका छन् । ‘दलहरुबीच अनौपचारिक छलफल चलिरहेको छ, आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक छ,’ उनले भने, ‘बैठकमा सहमति भए आजै नामको विषय टेबल हुन्छ ।’उनका अनुसार प्रदेशमा दलका नेताहरु दुई सातायता अनौपचारिक छलफलमा छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ५८ बजे