प्रदेश १ को नाम कोशी प्रदेश



काठमाडौं– प्रदेश १ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।

बुधबार साँझ भएको मतदानमा कोशी प्रदेशका पक्षमा ८२ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत परेको छ । एकीकृत समाजवादीका ४ सदस्यले विपक्षमा मतदान गरेका हुन् ।
सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले कोशीको पक्षमा मतदान गरे ।

कोशीको विपक्षमा रहेकी जनता समाजवादी पार्टीका एक्ला प्रदेशसभा सदस्य एवं मन्त्री निर्मला लिम्बुले भने मतदान गर्न पाइनन् । मतदान प्रक्रिया सुरु हुने बेला बाहिर परेकी उनी प्रदेशसभाको ढोका बन्द हुँदा रोकिइन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ०९ बजे