जी–ट्वन्टी सम्मेलन: अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रूसी समकक्षी लाभरोभबीच अनौपचारिक सम्वाद भएको अमेरिकी अधिकारीको दावी



नयाँ दिल्ली । गत वर्ष युक्रेनमा भएको आक्रमणपछि संयुक्त राज्य अमेरिका र बीच जी–ट्वन्टीको बैठकका क्रममा सबैभन्दा उच्च स्तरमा प्रत्यक्ष तर अनौपचारिक सम्वाद भएको छ । यद्यपि उहाँहरूबीच ‘कुनै बिषयलाई लिएर वार्ता वा वास्तविक बैठक’ भने नभएको सहभागी नेताहरूले बताएका छन् ।

मस्को र बेइजिङको आपत्तिपछि संयुक्त अन्तिम निर्णय (घोषणा) मा पुग्न असफल भएपनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच संक्षिप्त कुराकानी भएको र ब्लिन्केनले आफ्नो सहयोगी युक्रेनको सुरक्षाका लागि वासिङ्टनको प्रतिबद्धता दोहोर्‍याएको बताइएको छ ।

“वासिङ्टनको युक्रेनका लागि समर्थन डगमगाउने छैन भन्नेमा सबै विश्वस्त छन्,” भेटबारे कुटनीतिक प्रतिक्रिया दिँदै एक अमेरिकी अधिकारीले नाम नबताउने शर्तमा बताए ।

पश्चिमी अधिकारीहरूका अनुसार गत जुलाईमा बालीमा भएको जी–ट्वन्टीे बैठकमा ब्लिन्केन र लाभरोभ एउटै कोठामा कार्यक्रममा सहभागिता जनाएपनि सम्वाद भने भएको थिएन ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमणको बिषयलाई लिएर बिहीबारसम्म अमेरिका र रूसी सरकारबीच कुनै उच्चस्तरीय आमनेसामने संवाद भएको थिएन ।

सरकारी समाचार संस्था आरआईए नोभोस्तीका अनुसार रूसी कुटनीतिक प्रवक्ता मारिया जाखारोभाले ब्लिन्केनले मुठभेडको सुरुवात गरेको र यो क्षणभङ्गुर भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “ब्लिङ्केन र लाभरोभबीच जी–ट्वन्टीको दोस्रो सत्रमा उभिएर सामान्य सम्वाद भएको तर ‘कुनै वार्ता वा वास्तविक बैठक भएको छैन ।’
रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : २० बजे