रेस्टुरेन्टको छैटौं तलाबाट खसेका माधव नेपालका भाइ सरोजको निधन



काठमाडौं– एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उपाध्याय शनिबार शंखमुलको बबिन्स कफी नामका रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए ।

उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् । उनलाई पहिला सिभिल अस्पताल र पछि अन्नपूर्ण अस्पताल लगिएको थियो । उपचारको क्रममा निधन भएको हो । रेस्टुरेन्ट संचालक रञ्जित कुमार यादवका अनुसार, उपाध्याय केही दिनदेखि नियमित रुपमा बिहान साढे १० बजेतिर आउने र कफी अर्डर गर्ने गरेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : ५६ बजे