सुदुरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत



काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आजको बैठकमा उनले संघीय गठवन्धनमा रहेका दलहरुको समर्थन पाएका हुन् ।

नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन् । उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा उपस्थित ५२ सांसदमध्ये मुख्यमन्त्री शाहले ४१ मत पाएभने विपक्षमा ११ मत पर्यो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ४९ बजे