कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त


रासस

२३ फाल्गुन २०७९, मंगलबार  

0
Shares

दोहा, । कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएका छन् ।

अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेका छन् ।

विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिनुभएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गरेका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त भएका छन् । उनले लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गरेका थिए।

बयालीस वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुन् । कतारी अमिरको उमेर पनि उनकै हाराहारीमा छ । गृहमन्त्री पनि उनिहरूकै समकालीन छन् ।

पचपन्न वर्षका पूर्वप्रधानमन्त्री सन् २०२० को जनवरीदेखि सरकार प्रमुख थिए।

वर्तमान अमिरका पिता शेख हमाद बिन खलिफा अल थानीले सन् २०१३ मा आफ्नो सुपुत्रका निम्ति राजगद्दी त्याग गरेका थिए । अठार वर्षअघि उनले रक्तपातरहीत ढङ्गले आफ्नै पितालाई सत्ताच्युत गरेका थिए ।
रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ५ : ५७ बजे