उपराष्ट्रपतिमा जनमतबाट ममता झाको उम्मेदवारी दर्ता



काठमाडौँ । सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झा ले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।संसद भवनमा पुगेर उनले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

झा को प्रस्तावक अब्दुल खान अनिता देवी गंगाराम चौधरी अविराम शर्मा रूपा कुमारी यादव रहेका छन् भने समर्थक गोमा लाभ सापकोटा विनिता कुमारी सिंह वसन्तकुमार कुहवाह रामप्रकाश चौधरी रानीकुमारी तिवारी रहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  २ : २२ बजे