काठमाडौँ : एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ। आज बसेको सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थानीय कमिटी सदस्यमा मनोनीत गरेको हो। अब उनीहरूको नाम केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ । एमालेको आजको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।
0
Shares





प्रतिक्रिया