उपेन्द्रविरुद्ध मधेशका तीन पार्टीको मोर्चा, जनमतकी ममता झा उपराष्ट्रपतिकी साझा उम्मेद्वार



काठमाडौं – उपराष्ट्रपति निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपाविरुद्ध मधेश केन्द्रित तीन पार्टी लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति शनिबार सहमति भएको हो । सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् । यी चारवटै पार्टी प्रचण्ड नेतृत्व सत्तागठवन्धनमा छन् तर गठवन्धनले भने जसपाका उम्मेद्वारलाई आधिकारिक उम्मेद्वारका रुपमा प्रस्तुत गरेको छ ।

जनमत पार्टीका अध्यक्ष राउतले भने, ‘नागरिकता ऐन जारी, राजबन्दीको मुद्दा फिर्ता, पूर्वसहमति कार्यान्वयन र उपराष्ट्रपतिमा हाम्रो पार्टीको उम्मेदवार सघाउने गरी कार्यगत एकताको सहमति भएको हो । सत्ता गठवन्धनमा उपराष्ट्रपतिको उम्मेदवारमा सहमति जुटेन भने मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : ३१ बजे