सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन



काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई उपनेता चयन गरेका हुन् ।

नेम्वाङ यसअघि पनि दलको उपनेताको जिम्मेवारीमा थिए । भर्खरै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ पराजित भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ५ : १६ बजे