ओलीलाई विपक्षी दलको मान्यता दिन एमालेले लख्यो संसदलाई पत्र



काठमाडौं– नेकपा एमालेले पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ ।

पार्टी महासचिव शंकर पोखरेलले संसद सचिवालयलाई पत्र पठाएर विपक्षी दलको नेताको मान्यता दिन आग्रह गरेका हुन् । फागुन १५ मा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
समर्थन फिर्ता लिएपछि र नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेको अवस्थामा स्वत एमाले प्रतिपक्षी दल भएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ३ : ४० बजे