उपराष्ट्रपतिमा नेपाली कांग्रेसले जसपाका उम्मेद्वार यादवलाई मत दिने



काठमाडौं– नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

पार्टीको बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १ : ०६ बजे