आइसीसी विश्वकप लिग २ : प्रधानमन्त्री क्रिकेट मैदानमा, ओलीले दिए जितको शुभकामना



काठमाडौं– नेपाली क्रिकेट टोलीलाई प्रोत्साहित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदान पुगेका छन् । त्यस्तै, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।

ओलीले ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका हुन् । ‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु,’ ओलीले लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ।’

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले टस जितेर नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १० : ४४ बजे