प्रचण्डपछिका प्रधानमन्त्री माधवकुमार नेपाल : विमलेन्द्र निधि

निर्वाचन देउवाले गराउने



काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पुष्पकमल दाहाल प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने बताएका छन् । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको बताएका हुन् ।

उनले वर्तमान गठवन्धन पाँचबर्ष सम्म कायम रहने पनि बताएका छन् । नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका हुन् ।

दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने उनको भनाइ छ । उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस पनि सरकारमा जाने बताए ।
उनले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको समेत बताए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १२ : ४५ बजे