युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनौटमा



काठमाडौं– नेपाल एक दिवसीय विश्वकप क्रिकेटमा छनोट भएको छ । आज किर्तिपुर मैदानमा भएको लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो । र, डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ।

यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भयो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ६ : ०० बजे