कांग्रेस प्रतिपक्ष होइन, सत्तापक्ष हो : महामन्त्री गगन थापा

संसदको अगामी बैठकअघि सत्तापक्षमा बस्नुपर्छ



काठमाडौं– सत्तारुढ गठवन्धनको नेतृत्व गरेको कांग्रेसले त्यस विपरित प्रतिपक्षको दावी गरिरहेका बेला महामन्त्री गगन थापाले भने त्यो उचित नभएको बताएका छन् ।

उनले संसद्को आगामी बैठकअघि नै पार्टी सत्तापक्षमा बस्नुपर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि संवाददातासँग थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नै कांग्रेसले आफैंलाई सत्तापक्ष घोषणा गर्नुपर्ने बताएका हुन् ।

संसदको बैठक चैत ५ गतेका लागि बोलाइएको छ । महामन्त्री थापाले उक्त दिन संसद् बैठकअघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने, सरकारमा जाने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गर्नुपर्ने उनले बताएका हुन् ।
प्रधानमन्त्री दाहालल चैत ६ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ । कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएलगत्तै सरकारले पूर्णता पाउने पनि बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ५ : २४ बजे