सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फर्काइयो



काठमाडौं– काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ ।

बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ ।
जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ । जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १० : ५२ बजे