सत्तारुढ १० दलको वैठक, प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय



काठमाडौं– सत्ता साझेदार १० दलीय गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकजुट हुने निर्णय गरेको छ । त्यस्तै, सक्रमणकालिन न्यायसम्वन्धि विधेयकलाई अघि बढाउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आइतवार संसदमा सरकारले पेश गर्ने विधेयकको पक्षमा एकमतका साथ उभिने निर्णय पनि गरेको छ । सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने बताएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ६ : ५४ बजे