राजा चार्ल्सको फ्रान्स भ्रमण परिवर्तन नहुने: बेलायत


रासस

९ चैत्र २०७९, बिहिबार  

152
Shares

लण्डन । बेलायतका राजा चार्ल्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको बेलायत सरकारले बिहीबार जनाएको छ ।

“पक्कै पनि हामी राजाको कार्यक्रमलाई परिवर्तन गर्नेगरी अर्को निर्णय गर्नेतर्फ लाग्दैनौँ । यो निर्णय उनीहरूको (दरबार)को निर्णय हुनेछ,” प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले पत्रकारहरूसँग भने । “मलाई यो योजना परिवर्तन गर्ने कुनै पनि योजनाबारे जानकारी छैन,” उनले भने ।

महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि चार्ल्स र उनकी पत्नी क्यामिला आइतबारदेखि बुधबारसम्म फ्रान्स र त्यसपछि जर्मनीमा जाने कार्यक्रम छ ।

चार्ल्सले राष्ट्रपति इमानुयल म्याक्रोँसँग पेरिसको आर्क डी ट्रायोम्फेमा स्मृति समारोहका लागि र भर्सालिज दरबारमा भोजका लागि दक्षिणपश्चिमको बोर्डोतर्फ प्रस्थान गर्नेछन् ।

फ्रान्सका केही विपक्षी राजनीतिज्ञले म्याक्रोँ विरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुपर्ने तर्क गरेका छन् । चार्ल्सले फोहोरले भरिएका सडक र यातायात हडतालको सामना गर्नुपर्ने जोखिम छ ।

पेरिसस्थित बेलायती दूतावासका एक स्रोतले एएफपीसँग भन्यो, “हामी राजनीतिक रूपमा कसरी विकसित भइरहेको छ र सुरक्षा स्थितिमा कसरी सुधार भइरहेको छ भन्नेमा निगरानी गरिरहेका छौँ । यो भ्रमणसम्म जारी रहनेछ ।”

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ९ : ०० बजे