बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चारको मृत्यु भएको छ । मृत्य हुने सवै भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।
मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते अर्का एक जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया