वैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु



बैतडीको पाटन नगरपालिकाको झौलेकमा मंगलबार राति ११ बजेतिर जिप दुर्घटना भएको छ । दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझ गाउँका ६ को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाँझ गाउँका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी छन् । मृत्यु हनेहरू सबै एकै गाउँका हुन् । प्रहरीका अनुसार, मृतकहरू भारतको पिथौरागढबाट मजदुरी गरी विसु पर्व मनाउन घर फर्किंदै थिए ।

चालक अर्जुन बोहरा सम्पर्कविहीन छन् । जिपमा यात्रारत अन्य ५ जना सकुसल छन् । उनीहरूले जिप सडकबाट खस्ने क्रममा हामफालेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ५९ बजे