राहुल गान्धीको पुनरावेदन खारेज



नयाँदिल्ली । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो ।

अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाएका थिए । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए । यद्यपि उनको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन ।

अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गने उनको दलका नेताहरूले बताएका छन् । दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १० : २० बजे