जैविक विविधता संरक्षणमा राष्ट्रसंघ महासचिवको विशेष आग्रह



संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार अन्तरराष्ट्रिय समुदायलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ जलवायु कार्यलाई तीव्रता दिन आह्वान गरेका छन् ।

विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न हामीलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ द्रुत जलवायु कार्य आवश्यक छ, महासचिवले अन्तरराष्ट्रिय मातृ पृथ्वी दिवसका सन्दर्भमा आयोजित सन्देशमा उल्लेख गरेका छन् ।

हाम्रा कार्यहरूले जङ्गल, खेतबारी, सिमसार क्षेत्र, महासागर, चट्टान, नदी, समुद्र र तालहरू बर्बाद गर्दैछन्ू संयुक्त राष्ट्रसंघ प्रमुखले सबै देशहरूलाई मानवताको सबैभन्दा महत्त्वपूर्ण सम्बन्धमा चिन्तन गर्न आग्रह गर्दै हाम्रो प्राकृतिक संसार र भौतिक संसारका बीच तालमेल हुनुपर्ने कुरामा जोड दिएका छन् ।

उनले जैवविविधताकको संरक्षणमा जोड दिदै हावा, पानी, माटो लगायत सबै प्राकृतिक वस्तुहरूको संरक्षणमा ध्यान दिन विशेष आग्रह गरेका छन् । ूप्राकृतिक र जैविक विविधता नष्ट हुँदै छ, लाखौं, जीव र प्रजातिहरू विलोप हुने सङ्घारमा छन् त्यसैले यसको संरक्षणमा विशेष कार्ययोजनाको आवश्यकता माथि महासचिवले सबै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । महासचिवले अन्तरराष्ट्रिय समुदायसँग उपकरण, ज्ञान र समाधानहरू भएको तर त्यसको व्यावहारिक प्रयोगमा तीव्रता दिनुपर्ने बताए । महासागर र नदीदेखि जङ्गल र चरासम्म स्वस्थ पर्यावरण पनि जलवायु परिवर्तन विरुद्धको लडाइमा महर्त्वपूर्ण रहेको गुटेरेसले उल्लेख गरेका छन् ।

सन् २०३० सम्ममा पृथ्वीको ३० प्रतिशत जमिन र पानी सुरक्षित हुने सुनिश्चित गर्न ऐतिहासिक संयुक्त राष्ट्रसंघ जैविक विविधता सम्झौता कार्यान्वयन गर्नका निम्ति कार्य गरौं,ू उनले भनेका छन्। महासविवले सरकारहरूलाई ूहरेक पाइलामाू बाटोको नेतृत्व गर्न आग्रह गर्दै त्यसमा संस्था र नागरिक समाजको पनि महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । गुटेरेसले ूसमयानुकूल बुद्धि, ज्ञान र आदिवासी जनजातिहरूको नेतृत्वबाट केहीकुरा सिक्न आग्रह गरेका छन् ।ूयस पृथ्वी दिवसका सन्दर्भमा म सबै ठाउँका मानिसहरूलाई आ(आफ्नो ठाउँबाट शान्त र समृद्ध विश्व निर्माण गर्न आवाज उठाउँन आग्रह गर्दछु । महासचिवले भने।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ५४ बजे