नेपाल–पाकिस्तान बौद्ध सम्पदावारे पुस्तक सार्वजनिक



नेपालस्थित पाकिस्तानी दूतावास र हिरन्य इन्टरनेशनल लाइब्रेरीको संयुक्त आयोजनामा शनिवार पाकिस्तानमा रहेका बुद्धिष्ट सम्पदावारेको पुस्तक बिमोचन भएको छ ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले हिरण्यलाल श्रेष्ठद्वारा लिखित नेपाल पाकिस्तान बुद्धिष्ट सम्वन्ध शिर्षकको पुस्तकको लोकार्पण गरेका हुन् । कार्यक्रममा नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत अबरर एच हास्मीको पनि उपस्थिति थियो ।

कार्यक्रमलाई संवोधन गर्दै खनालले सांस्कृति सम्पदाहरु जनस्तरका सम्वन्धका आधारहरु भएको भन्दै बौद्धिष्ट सम्पदाहरुले द्धिपक्षीय सम्वन्धलाई पनि बलियो बनाएको बताए । राजदुत हास्मीले ऐतिहासिक र सास्कृतिक सम्पदा द्धिपक्षीय सम्वन्धका महत्वपूर्ण कडी भएको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ४१ बजे