मौसम सुधार हुन केही दिन लाग्ने, ठाउँठाउँमा हल्का बर्षा जारी



काठमाडौं– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सुधार हुन अझै केही दिन लाग्ने जनाएको छ ।
महाशाखाका अनुसार, आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको छ ।
सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराईका एक दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ४१ बजे