कांग्रेस नेता भण्डारीको स्वास्थमा सुधार, आज नेपाल फर्कदैं



काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज आइतबार स्वदेश फर्कदैं छन् । तीन महिनाको उपचारपछि आज उनी फर्कन लागेका हुन् ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी भण्डारी गम्भीर घाइते भएका थिए । आगलागीमा परी भण्डारीकी आमाको निधन भएको थियो । भण्डारी झन्डै तीन महिना देखी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए ।

भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् । आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका हुन । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नेछन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ५८ बजे