मोरङमा गाडी दुर्घटना, दुईको मृत्यु



काठमाडौं– मोरङ लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

लेटाङ नगरपालिका ७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइतेको धरानमा उपचार भइरहेको छ ।

उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ९ : २० बजे