काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
आज विहान प्रहरीले नेता खाँणलाई उनको निवासबाटै पक्राउ गरेको हो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए ।
अभियुक्तहरुको बयानमा खाँणले चार करोड रकम बुझेको र त्यो रकम उनकी श्रीमति सांसद मञ्जु खाँणमार्फ्त बुझेको बताएका थिए ।
आरोपीहरुले बयानका क्रममा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमति सांसद आरजु राणा देउवालाई पनि दुई करोड बुझाएको बताएका थिए ।





प्रतिक्रिया