भारतीय राजनीतिमा मोदी वेभ कमजोर बन्दै,कर्नाटकमा कंग्रेसको एकल सत्ता



काठमाडौं – भारतमा विपक्षीमाथि पूर्ण हावी भएको नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारप्रति भारतीय जनताले असन्तुष्टी जनाउन थालेका संकेत देखिएका छन् ।

कर्नाटका विधानसभाको शनिवार आएको परिणाममा भारतीय जनता पार्टीको लज्जास्पद हार भएको छ भने कंग्रेसले वलियो एकल जनमत पाएको छ । यो परिणामसँगै भारतीय राजनीतिमा मोदी वेभको प्रभाव कमजोर हुँदै गएको देखिएको छ ।
११३ ल्याउँदा बहुमत पुग्ने विधानसभाका कंग्रेसले १३६ सिट ल्याएको छ । भाजपा ६५ सिटमै सिमित भएको छ । भाजपाले मोदीलाई निर्वाचन आइकन बनाउँदै आएको छ । यसले मोदी तरंग पनि अव असफल हुन थालेको देखिएको छ । यसअघि स्न २०१८ को निर्वाचनमा भाजपाले ११६ सिट ल्याएको थियो भने कंग्रेसले ६९ सिट पाएको थियो । यो परिणाम उल्टिएको छ र कंग्रेसको पक्षमा थप शक्ति आर्जन भएको छ ।

पछिल्ला निर्वाचनमा सवैतिर पराजय ब्योहोर्दै आएको कंग्रेसका लागि यो एउटा सकारात्मक परिणाम हो । यसअघि हिमाञ्चलमा पनि कंग्रेसले जितेको थियो । निर्वाचन परिणामले पार्टी राजनीतिलाई अघि बढाउन कंग्रेस नेतृत्वलाई थप संकेत मिलेको छ । भारतीय संचारमाध्यमका अनुसार, यो परिणाम कंग्रेस बचाउने महत्वपूर्ण आधारभन्दा कम महत्वको छैन ।
भारतीय राजनीतिमा कंग्रेस अझैपनि एउटा बलियो बैकल्पिक शक्ति हो भन्ने यसले प्रमाणित गरेको छ । कंग्रेस नेता राहुल गान्धी मोदीको प्रतिस्पर्धामा उत्रन सक्ने नेता हुन भन्ने सन्देश पनि दिएको छ । यद्धपी यो निर्वाचनमा गान्धी परिवार पछिल्लो पंक्तिमा मात्रै थियो । सवै स्थानीय नेतालाई अघि सारिएको थियो ।

संचारमाध्यमका अनुसार, भाजपाको पराजलाई सत्ताविरोधी मत (एन्टी इन्कम्बेन्सी) मतको रुपमा हेरिएको छ । तर यही विजयलाई अगामी बर्ष सन् २०२४ मा हुने लोकसभा निर्वाचनका पूर्व संकेतको रुपमा अनुमान गर्नु नहुने मत पनि छन् । हिमाञ्चलमा भएको २०२२ को निर्वाचन र यो निर्वाचनले राजनीतिमा धार्मिक परिचालन असफल हुन थालेको देखिदैंछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ४८ बजे