डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो, पेट्रोलको घटेन



काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । दुवैको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । तर पेट्रोलको मूल्य भने घटाएको छैन ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।
मगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपालले पनि घटाएको हो । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ९ : २२ बजे