कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चुचुरोमा, आफ्नै रेकर्ड तोडे



काठमाडौं– नेपाली पर्वतारोही कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा चुचुरोमा पुगेका छन् । उनले मंगलबार बिहान साढे ९ बजे सगरमाथाको शिखरमा पाइला टेकेको आफ्नै रेकर्ड तोडेका छन् ।

सेभेन समिट ट्रेकका अनुसार, यसअघि २७ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैले भंग गरेका थिए । उनीसँगै अर्को हिमाल आरोही सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले सोमबार २७ औं पटक सगरमाथा चढेर उनको रेर्कड बराबरी गरेका थिए ।

उनले आज नयाँ कीर्तिमानी कायम गरेका हुन् । सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ अन्तर्गत उनी जेठ २ गते २७ औं पटक सगरमाथा पुगेका थिए । सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले पर्वतारोही हुन् । २ जनवरी १९७० मा जन्मेका उनले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १२ : ३० बजे