काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र गृह मन्त्रालयमा पठाएका छन् ।
आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता गरेको राष्ट्रपति कर्यालयले जनाएको छ । चौधरीले बाँकी सजाय माफीका लागि गृह मन्त्रालयमा निवेदन दिएका थिए ।
टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका छन् । चौधरी २०७४ फागुन १५ देखि थुनामा छन । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।





प्रतिक्रिया