आर्थिक सर्भेक्षण

देशभर कालोपत्रे सडक लम्बाई १७ हजार ४८०




काठमाडौं – देशभर कालोपत्रे सडकको लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म २४८ किलोमिटर कालोपत्रे थप भएपछि कुल लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको हो । आर्थिक सर्वेक्षणले यो देखाएको छ ।


२०७८÷७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७ हजार २३२ किलोमिटर थियो । नेपालमा ग्राभेल सडकको लम्बाइ ७ हजार ९५६ किलोमिटर र ८ हजार ६६४ किलोमिटर सडक कच्ची छ ।

यसअनुसार देशभर सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ । गत असारसम्म कुल सडकको लम्बाइ ३३ हजार ९९६ रहेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : १८ बजे