प्रचण्डले ज्वाइलाई मन्त्री बनाउन दवाव दिएपछि माओवादीभित्रै विरोध



बिराटनगर– सभामुखले समेत भोट हालेर बनाएको नेपाली कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार र सपथग्रहण सत्तारुढ माआवादीले बहिष्कार गरेको छ ।

बहिष्कार गरेको कारण भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै ज्वाइँ जीवन आचार्यलाई पहिलो चरणमै मन्त्री बनाउन दिएको दवाव हो । मुख्यमन्त्री उद्धव थापाले आजै सत्तारुढ पार्टीका एक एक जनालाई लिएर मुखयमन्त्रीको सपथ र पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए तर माओवादीमा प्रचण्डले दिएको नाममा सहमति नभएपछि कांग्रेस र समाजवादीका एक एक जनामन्त्रीसहित सपथ लिए । जसमा माओवादी सहभागि भएन ।
उक्त दवावलाई कोशी प्रदेश नेतृत्वले नमानेपछि मुख्यमन्त्री उद्धव थापाले गरेको मन्त्रिपरिषद् विस्तार बहिष्कार गर्दै कोही पनि माओवादी सपथ समारोहमा नगएका हुन् । प्रचण्डको पारिवारिक मोहका कारण पार्टीका बरिष्ठहरुले अवसर नपाएको भन्दै माओवादीका बहुमत प्रदेश सांसदले अचार्यलाई मन्त्री बनाउनु नहुने धारणा राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डको निर्देशन अनुरुप, पहिलो चरणमा मुख्यमन्त्री थापाले ज्वाँइ आचार्य नियुक्ति गरी शपथ गराउन लागेका थिए । तर, माओवादी कोशी प्रदेश कमिटीले आचार्यभन्दा सिनियर भन्दै दुर्गाप्रसाद चापागाईँलाई मन्त्री बनाउने भनेपछि जीवनको शपथ पनि रोकिएको हो । यसअघि हिक्मत कार्की नेतृत्वको सरकारमा चापागाईँ र आचार्य दुवै मन्त्री भएका थिए ।
नेकपा एमालेले भने शपथग्रहरण बहिष्कार गरेको छ । असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै एमालेले शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको हो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ११ : ३३ बजे