समाजवादीनिकट अनेरास्ववियूको अध्यक्षमा आरती लामा, महासचिवमा महेश श्रेष्ठ चयन



काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व पाएको छ ।

काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई निर्वाचित गरिएको महाधिवेशन आयोजक कमिटी जनाएको छ । लामा अध्यक्ष र श्रेष्ठ महासचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो । यस अघिका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका लिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : ०६ बजे