ऐतिहासिक जनयुद्ध दिवस मनाइरहेका बेला राजाका भराैटेहरुले गणतन्त्रविरुद्धको कार्यक्रम गरे: प्रचण्ड



फागुन १ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानलाई लक्षित गर्दै राजाका भलौटेहरुले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको कार्यक्रम गरेको बताएका छन्।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी यो प्रज्ञा प्रतिष्ठानको भवनमा ऐतिहासिक जनयुद्ध दिवस मनाइरहेका बेला राजाका भलौटेहरुले बाहिर संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धको कार्यक्रम गर्दैछन्। हिजो पनि हामीलाई सखाप पार्न खोजेकै हुन्। हामी सखाप भएनौं। जसरी अहिले हामीलाई आरोपित बनाउने खोज्ने दुश्साहस भएको छ। यो क्रान्तिकारी इतिहासलाई अपमान गर्न नदिऔं।’ माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरुलाई ढिला नगरी एउटै मोर्चा र एउटै केन्द्रमा आवद्ध हुन उनले अपिल गरे।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ३ : २९ बजे