भ्यालेन्टाइनमा प्रेमिल ‘रङ्गेली’का दयाहाङ र मिरुना (तस्वीरहरु)



फागुन २ काठमाडौँ । महाशिवरात्रीको छेको पारेर यही फागुन २५ गतेदेखि विश्वव्यापी रिलिज हुने फिल्म ‘रङ्गेली’का प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगरका प्रेमिल तस्वीरहरु फिल्म युनिटले सार्वजनिक गरेको छ।

फिल्म निर्माण समूहले भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक तस्वीरमा दयाहाङ र मिरुनालाई विभिन्न भावमा देख्न सकिन्छ। अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनाका अलावा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको अभिनय छ।

जितेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता रहेको फिल्ममा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता तथा युव कार्की र शिवशंक चौलागाई सह–निर्माता छन्।

फिल्ममा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द, सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत, विवेक खड्का (योलो) एशोसियट निर्माता, सुशन प्रजापतिको छायाङ्कन छ।

फिल्म नेपालसँगै अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, हङ्कङलगायतका देशमा एकसाथ रिलिज हुनेछ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ४१ बजे